24.1 C
Kathmandu

लघुवित्तबाट कर्जा लिनेमा महिला अगाडी

काठमाडौँ / लघुवित्त वित्तीय संस्थाबाट लघु कर्जा लिने ऋणीमा महिलाहरु अगाडी देखिएका छन् । तथ्यांक अनुसार संख्या करिब ३२ लाख घरपरिवारले लघुवित्तबाट ऋण लिएका छन् । जसमा ऋणीमध्ये ९७.३८ प्रतिशत महिलाहरु रहेका छन् भने बाँकी पुरुष रहेका छन् ।

गत असारमा लघु कर्जा लिने ऋणी संख्या ३० लाख ५६ हजार ६ सय ३१ घरपरिवार रहेकोमा गत पुससम्ममा यो बढेर ३१ लाख ७० हजार ६ सय ३५ पुगेको छ । त्यसैगरी लघुवित्त वित्तीय संस्थामा सदस्य संख्या ५६ लाख २८ हजार ८ सय ६५ पुगेको छ ।

मर्जर तथा एक्विजिसनका कारण पछिल्ला महिनामा लघुवित्त वित्तीय संस्थाको संख्या घट्दै गएपनि शाखा विस्तारको क्रम रोकिएको छैन । जसअनुसार २०७८ असारसम्ममा ७० वटा लघुवित्त वित्तीय संस्था रहेकोमा गत पुससम्ममा घटेर ६७ कायम भएको छ । ६७ वटा लघुवित्त वित्तीय संस्थामध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था छन् । बाँकी ६३ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् ।

लघुवित्त वित्तीय संस्थाको शाखा संख्या २०७८ असारको तुलनामा गत पुस सम्म ७।४४ प्रतिशतले बढेर ४ हजार ९ सय ६५ पुगेको छ । सो अवधिमा लघुवित्त वित्तीय संस्थाको केन्द्र संख्या ११.४३ प्रतिशतले वृद्धि भई ४ लाख ४ हजार, सदस्य संख्या ८.२९ प्रतिशतले वृद्धि भई ५६ लाख २२ हजार, ऋणी संख्या ५.९७ प्रतिशतले वृद्धि भई ३१ लाख ७१ हजार पुगेको बताइएको छ ।

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा तथा सापटी रकममा वृद्वि भएको छ भने निष्क्रिय कर्जाको अनुपातमा ह्रास आएको राष्ट्र बैंकले जनाएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार