26.1 C
Kathmandu

नेविको बिस्कुटका चार नयाँ उत्पादन बजारमा

काठमाडौं / नेपालकै पहिलो बिस्कुट कम्पनी नेविको प्रा.लि.ले चार किसिमका नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ । सोमबार एक कार्यक्रमका वीच नयाँ उत्पादनका रुपमा बिस्कुटमा डी फिप्टी डाइजेस्टिभ, कुकजिमा नाइस मिल्क कुकिज, खाद्यान्नमा कुरुम कुरुम चिउरा र स्न्याक्समा साल्टेड पीनट्स सार्वजनिक गरेको हो ।

६ दशक लामो अनुभव संगालेको कन्फेन्सनरी उत्पादक कम्पनीले आफ्ना उत्पादनहरु सुरक्षित राख्न आकर्षक ढंगको प्याकिङ गर्दै आएको जानकारी दिएको छ । डी फिप्टी बिस्कुट १५० ग्रामको हुने र यसको मूल्य ५० रुपियाँ तोकिएको छ । त्यस्तै, नाइस मिल्क कुकिज १८० ग्रामको ५० रुपियाँ, कुरुम कुरुम चिउरा आठ सय ग्रामको ९५ रुपियाँ र ३५ ग्रामको साल्टेड पीनटस्को २० रुपियाँ तोकिएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार