29.1 C
Kathmandu

मर्मत सम्भार नहुँदा निगमका दुवै न्यारोबडी ग्राउन्डेड, यात्रुहरुको उडान अनिश्‍चित

काठमाडौँ / समयमै मर्मत सम्भार नगर्दा नेपाल वायुसेवा निगमका दुईवटा न्यारोबडी विमान एकसाथ ग्राउन्डेड भएका छन् । निगमका सगरमाथा र लुम्बिनी नाम भएका दुबै विमान ग्राउन्डेड भएका हुन् ।

मंगलबार बैंग्लोरबाट फर्केपछि नियमित जाँचका क्रममा इन्जिनभित्र समस्या देखिएपछि सगरमाथा न्यारोबडी ६ दिनदेखि ग्राउन्डेड छ । भने आइतबार बिहान दुबईबाट काठमाडौं फर्केपछि लुम्बिनी न्यारोबडी जहाज उडाउन नमिल्ने भन्दै ग्राउण्डेड गरिएको छ ।

निगमका दुबै न्यारोबडी जाहाजले मुम्बई, दिल्ली, बैंग्लोर, दुबई, साउदी अरब, मलेसिया, हङकङ, दोहा र बैंककको उडान भर्दै आएका थिए । जहाज ग्राउण्डेड भएपछि यी क्षेत्रको उडान प्रभावित भएको छ । उडान प्रभावित भएसँगै टिकट लिइसकेका यात्रुहरु प्रभावित बनेका छन् ।

दुईवटा एयरबस ए–३२० (न्यारोबडी) र दुईटा ए–३३० (वाइडबडी) विमानबाट निगमले काठमाडौंबाट १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा सातामा एक देखि सातवटासम्म उडान भर्दै आइरहेको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार