24.1 C
Kathmandu

घट्यो ग्यास र पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ / नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँ, पेट्रोल प्रतिलिटर ६ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

निगमले आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । आजबाट स्वचालित मूल्य लागु भएकोले भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्ने र घटेर आउँदा घट्नेछ । भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउँछ । स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । घटेको मूल्य अनुसार अब ग्यासको प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । पेट्रोलको मूल्य भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । पेट्रोलको उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ । उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार