29.1 C
Kathmandu

पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

पोखरा/ प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । पोखरा–१८ सराङकोटमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सांसद पहारीले साहसिक पर्यटनका लागि पोखरा उपयुक्त गन्तव्यका रूपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरका रूपमा चिनाउन थप सघाउ पु¥याउने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपश्चात् प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता व्यवसायीमा रहेको जनाउँदै यसको उचित व्यवस्थापन आवश्यक रहेको बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको प्राकृतिक सौन्दर्य हिम शृङ्खला र तालको सुन्दरतालाई दृश्यावलोकन गरेर आनन्द लिन सकिने प्याराग्लाइडिङले पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको बताए। कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रमा विशेष सहुलियत प्याकेजसहित प्याराग्लाइडिङ उडान गरेपछि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको स्मरण गर्दै अध्यक्ष भट्टराईले प्रतियोगितालगायत प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताए ।

प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ पुरुष र आठ महिला तथा टेन्डमतर्फ ३७ जना खेलाडीबीच प्रतिस्पर्धा हुने संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिए ।

महासचिव आचार्यका अनुसार प्रतियोगितामा ७७ प्रतियोगी छन् । तीमध्ये आठ जना महिला पाइलट रहेका छन् । प्रतियोगिताको अन्तिम दिन चैत २५ गते विभिन्न सांस्कृतिक वेशभूषासहित पाइलटले कौशल प्रदर्शन गर्नेछन् भने सोही दिन प्रतियोगितामा निकै आकर्षक मानिने एक्रोवेटिक एयर शोसमेत आयोजना हुने छ ।

नाकाका अनुसर पोखरामा व्यावसायिकरूपमा सञ्चालन भएका ६० भन्दाबढी कम्पनी र करिब ३६६ प्याराग्लाइडिङ पाइलट रहेको छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार