23.1 C
Kathmandu

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ /नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य बढेको हो ।

यो मूल्यबृद्धि पछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

त्यसैगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । बढेको मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर १६ सय रुपैयाँ कायम भएको छ । निगमले यस अघि चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।

निगमकाका अनुसार अहिले पेट्रोलको मूल्य प्रति लिटर १८२ रुपैयाँ ९८ पैसा लागत रहेको छ भने मट्टितेलको १३६ रुपैयाँ ३१ पैसा र डिजेलको १७१ रुपैयाँ लागत रहेको छ । लागत भन्दा कम मूल्यमा विक्रि वितरण गर्नुपर्दा अहिले निगमले पेट्रोलियम पदार्थमा चर्काे नोक्सानी ब्यहोरी रहेको छ । नोक्सानी कम गर्न निगमले सञ्चालक समितिको निर्णय गरेर एकमहिनाभित्रै पेट्रोलियम पदार्थमा स्वचालित बनाउने मूल्य प्रणाली बनाउने तयारी गरेको छ । अर्थमन्त्रालयमा मंगलबार भएको छलफलमा यस विषयमा छलफल भएको बताइएको छ । स्वचालित मूल्य प्रणाली लागु भएमा अहिलेको लागत अनुसार पेट्रोलको मूल्य प्रति लिटर १८२ रुपैयाँ ९८ पैसा पुग्नेछ भने खाना पकाउने ग्यासको मूल्य २५ सय ३२ रुपैयाँसम्म पुग्न निगमले जनाएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार