29.1 C
Kathmandu

बैंकहरुले ८ महिनामा ५३ अर्ब ६० करोड नाफा कमाए

काठमाडौं / चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल ५३ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको २०७९ फागुन मसान्तसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले ८ महिनाको अवधिमा यो कुल नाफा आर्जन गरेका हुन् ।

राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म बैंकहरुले ५६ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जसमध्ये ४८ खर्ब ५१ अर्ब रुपैयाँ विभिन्न शिर्षकमा कर्जा प्रवाह गरेका छन् ।

नाफाको आधारमा वाणिज्य बैंकमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । नबिल बैंकले ५ अर्ब बढी नाफा कमाएको छ । नबिल पछि बढी नाफा गर्ने बैंकमा ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंक रहेका छन् । यीनीहरुको नाफा ४ अर्ब भन्दा बढी छ।

यो अवधिमा वाणिज्य बैंकहरुले ४८ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएका छन् । वाणिज्य बैंकहरुले ४७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ४३ खर्ब १ अर्ब कर्जा लगानी गरेका छन् ।

नाफाको आधारमा वाणिज्य बैंकमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । नबिल बैंकले ५ अर्ब बढी नाफा कमाएको छ । नबिल पछि बढी नाफा गर्ने बैंकमा ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंक रहेका छन् । यीनीहरुको नाफा ४ अर्ब भन्दा बढी छ।

त्यसैगरीविकास बैंकहरुले आर्थिक वर्षको ८ महिनाको अवधिमा ३ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएका छन् । विकास बैंकहरुले फागुन २०७९ सम्म करिब ५ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी ४ खर्ब ५७ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेका छन् ।

विकास बैंकहरुमा सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले नाफा आर्जन गरेको छ भने गरिमा र शाइन रेसुङ्गाले नाफा कमाउने विकास बैंकमा दोश्रो र तश्रो स्थानमा छन्।

त्यसैगरी फाइनान्स कम्पनीले पनि फागुन मसान्तसम्म ९८ करोड रुपैयाँ नाफा कमाएका छन् । फाइनान्स कम्पनीले फागुन मसान्तसम्म १ खर्ब ९ अर्ब निक्षेप संकलन गरी करिब ९२ अर्ब ६८ करोड कर्जा लगानी गरेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार