29.1 C
Kathmandu

काठमाडौंमा ऊर्जा सम्मेलन शुरु

काठमाडौं/ ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को आयोजनामा यो सम्मेलनको सुरुवात भएको हो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा भारत, भुटान, बंगलादेश, श्रीलंका सहित विभिन्न ३० भन्दा बढी मुलुकका प्रतिनिधिहरू सहभागी रहेको इपानले जनाएको छ।

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार सम्मेलनमा नेपालबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीको पनि सहभागिता छ ।

अध्यक्ष आचार्यका अनुसार सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय जलविद्युत् क्रेताबीच विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि समझदारी पत्रमा हस्ताक्षर समेत हुने छ ।

सम्मेलनका क्रममा लगानी बोर्ड नेपाल तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजना प्रदर्शन गरिने बताइएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार