26.1 C
Kathmandu

विनोद चौधरी विश्वका १६४७ औँ धनी !!

काठमाडौं/ विश्व प्रसिद्ध म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपतिहरुको सूचीमा नेपाली व्यबसायी विनोद चौधरीको स्थान सुधारिएको छ । फोर्ब्सले उनको सम्पती १ अर्ब ८० करोड डलर पुगेको उल्लेख गरेको छ ।

फोर्ब्सले सार्वजनिक गरेको विश्वभरीका धनी व्यक्तिहरुको सूचीमा चौधरी १६४७औँ स्थानमा रहेका छन्।

पहिलो पटक सन् २०१४ मा चौधरी अर्बपति सूचीमा प्रवेश गरेका थिए । त्यतिबेला उनको सम्पत्ति १.१ अर्ब डलर थियो। फोर्ब्सले सार्वजनिक विबरण अनुसार सन् २०१५ मा चौधरीको सम्पती १.३ अर्ब डलर, सन् २०१६ मा १.१ अर्ब डलर, २०१७ मा १.३ अर्ब डलर, २०१८ मा १.५ अर्ब डलर, २०१९ मा १.७ अर्ब डलर, २०२० मा १.४ अर्ब डलर, २०२१ मा १.४ अर्ब डलर, २०२२ मा १.५ अर्ब डलर थियो । यस वर्ष उनको सम्पती बढेर १.८ अर्ब डलर पुगेको हो।

चौधरीको नुडल्स, बैंक, होटल लगायतका विभिन्न प्रकृतिका उद्योग व्यवसायमा लगनी छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार