29.1 C
Kathmandu

आइएमई जनरल इन्स्योरेन्सको विशेष साधारण सम्पन्न

काठमाडौं/ आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको विशेष साधारण सभा बुधबार काठमाण्डौँमा सम्पन्न भएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम विशेष साधारण सभा बोलाइएको बताइएको छ ।

विशेष साधारण सभामा अध्यक्ष हेमराज ढकालले दुवै कम्पनीको गाभ्ने÷गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा म्म्ब् च्भउयचत समेतको आधारमा शेयर अनुपात क्रमश १ः१ कायम गरीएको जानकारि दिए ।

दुवै कम्पनी गाभिए पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नामबाट कारोबार सञ्चालनमा आउने छ । अध्यक्ष ढकालका अनुसार दुबै कम्पनी गाभिएपछि यसको चुक्ता पूँजी ३ अर्व २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ पुग्ने छ । कम्पनीका ७ वटै प्रदेशमा रहने शाखा संजाल रहने र डिजिटल माध्यमबाट उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले राखिएको छ ।

अध्यक्ष ढकालले उक्त अबसरमा नेपालमा रहेका २ उत्कृस्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृस्ट व्यवसाय हासिल गरी शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गरे ।
कम्पनीहरु गाभिए पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी ५ अरब र चुक्ता पूँजी ३ अरब २ करोड, शाखा संजाल ८४, कर्मचारी संख्या ५१७ हुने र कम्पनीको व्यवसाय करिब ४ अर्बको हुने जानकारी बताइएको छ ।

संस्था गाभिए पछि पूँजीगत आधार सुदृढ हुने विश्वास सञ्चालकहरुले लिएका छन् । यसकासाथै कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जिवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल बताइएको छ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार