26.1 C
Kathmandu

देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपमा सक्रिय

काठमाडौँ– देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपमा सक्रिय भएको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदन अनुसार देशभर एक करोड ५६ लाख ८९ हजार ७७७ व्यक्ति आर्थिक रूपमा सक्रिय रहेको पाइएको छ ।

प्रतिवेदन अनुसार जनसङ्ख्याको आधा हिस्सा अर्थात कुल जनसङ्ख्याको ५३ दशमलव ७९ प्रतिशत कुनै न कुनै रूपमा आयआर्जनमा संलग्न छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ, जसमध्ये पुरुष एक करोड ४२ लाख ५३ हजार ५५१ ९४८ दशमलव ९८ प्रतिशत० र महिला एक करोड ४९ लाख ११ हजार २७ ९५१ दशमलव ०२ प्रतिशत० छ ।

जनगणनामा जुनसुकै काम जति पनि अवधिका लागि गरेका वा काम खोजेका १० वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिलाई मात्र आर्थिक रूपमा सक्रिय व्यक्तिअन्तर्गत राखिएको छ । यसअन्तर्गत दुई करोड ३९ लाख ५८ हजार ८६८ जना व्यक्ति पर्छन् । त्यसमध्ये ६५ दशमलव ५ प्रतिशत अर्थात् एक करोड ५६ लाख ८९ हजार ७७७ जना मात्रै आयआर्जनमा संलग्न देखिएको हो । बाँकी ८२ लाख ११ हजार १२ जना भने आर्थिक रूपले निष्क्रिय छन् अर्थात् उनीहरू आयआर्जनमा संलग्न देखिदैनन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार