26.1 C
Kathmandu

अर्थतन्त्रलाई गति दिने गरी काम गर्ने नवनियुक्त अर्थमन्त्री महतको भनाई

काठमाडौं/ नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रलाई गति दिने गरि काम गर्ने बताएका छन्। शुक्रबार अर्थ मन्त्रिमा नियुक्त भएलगत्तै अर्थ मन्त्रालय पदाभार ग्रहण गर्दै महतले यस्तो प्रतिक्रिया दिएका हुन्।

अहिले अर्थतन्त्र समस्यामा रहेकाले अप्ठ्यारोमा परेको परिवारले जस्तैगरी काम गर्ने अर्थमन्त्रि महतले बताए । उनले भने, राजस्वको आधार बढाउन सेकमा खर्च गर्ने क्षमता पनि बढाउन सकिन्छ ।

अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि आफूले उपयुक्त बतावरण निर्माण गर्ने बताउँदै अर्थमन्त्रि महतले खर्च गर्नेपर्ने क्षेत्रमा मात्रै गर्ने र खर्च गर्न नहुने क्षेत्रमा खर्च कटौति गर्ने बताएका छन्।

राजस्वभन्दा बढी साधारण खर्च बडि रहेको बताउँदै उनले भने अहिले मुलुकको साधारण खर्च बढी छ । हामी पुँजीगत खर्च गर्न सकेका छनौँ।विभिन्न क्षेत्रमा लगानी शिथिल भएको छ । राजस्वको आधार संकुचित हुँदै गएकाले राजस्व बढाउने दिशामा काम अगाडी बढाउने दिशामा काम गर्ने अर्थमन्त्रि महतले बताएका छन्।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार