29.1 C
Kathmandu

गुण एयरलाइन्स आर्थिक संकटमा, ५ वटा जहाज बेचेर २ वटा मात्रै उडाउने तयारी

काठडमाडौं । कोरोना महामारीपछि उडान सुरु गको गुण एयरलाइन्स २ वर्षमै आर्थिक संकटमा परेको छ । आर्थिक संकट टार्न यो वायसेवालाइ ५ वटा जहाज बेच्ने र २ वटा मात्रै उठाउने भएको छ ।

२ वर्ष अगाडि मात्रै यती एयरलाइन्सका ५ वटा जेटस्टीम खरिद गरेर सिम्रिक एयरलाइन्सलाई रिब्राण्डिङ गरेर सञ्चालन गरेको गुण एयरलाइन्स आर्थिक संकटमा फसेको छ । गुण एयरलाइन्सले कर्मचारीलाई तलब भत्ता दिन नसकेको, कर्मचारीको गुनासो र अनुगमनपछि अनिश्चित कालका लागि उडानमा रोक लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिरकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आर्थिक संकटमा फसेको भन्ने सूचना, पाइलट तथा कर्मचारीलाई तलवभत्ता दिन नसकेकोसहितको गुनासोका आधारमा प्रधिकरणले उक्त एयरलाइन्सको अवस्था मूल्यांकन गर्दै उडानमा रोक लगाएको हो ।

प्राधिकरणले कर्मचारीलो तलव नपाएको यही विषयका कारण उडान सुरक्षामा कमजोरी हुन सक्ने भन्दै उडानमै रोक लगाएको होे । ‘एयरलाइन्सले जबसम्म कर्मचारीलाई तलवभत्ता उपलब्ध गराउने र उड्डयन मापदण्ड पूराको प्रतिवद्धता पूरा गर्दैन तबसम्म यसको उडान लागेको रोक फुकुवा हुँदैन्’, निरौलाले भने ।

गुण एयरलाइन्सले भने जहाज विदेशी कम्पनीलाई बिक्री गर्न आवश्यक मूल्यांकनको लागि गत मंगलवारदेखि नै जहाज ग्राउण्डेड गराएको बताएको छ । एक विदेशी कम्पनीले गुणका ५ वटै जेटस्टीम लिने तयारी भएको थियो । त्यसका लागि आवश्यक मूल्यांकन गर्न र उडान आवर नबढाउन जहाज ग्राउण्डेड गरिएको दाबी गरेको छ ।

गुण एयरलाइसका प्रवक्ता तथा बरिण्ठ बजार निर्देशक प्रज्ज्वल थापाका अनुसार दुई वटा बीचक्र्याफ्ट मेन्टेनेन्समा छन् । बाँकी ५ वटालाई बिक्री गर्ने र नयाँ जहाज ल्याउने उद्देश्यले उडान रोक गरिएको हो ।

अहिले प्राधिकरणले उडान रोकेको भन्ने नभएको उनको दाबी छ । गुणका प्रवक्ता थापाका अनुसार विदेशी कम्पनीले गर्ने मूल्यांकनको समय सकिएकोले अब १ दुई दिनमा जहाज पुनः उडानमा आउने पनि उनले बताए ।

गुण एयरलाइन्सले अहिले भएको जहाज बिक्री गर्ने र एटीआर वा अन्य कुनै कम्पनीको नेपाल सुहाउँदै र बजारको आवश्यकता अनुसारका जहाज ल्याउन खोजिएको हो ।

घरजग्गा व्यवासायी राजेन्द्र शाक्यले चलाएको यो वायुसेवा ८ वर्ष अगाडि सिम्रिक एयरलाइन्सलाई बहुमत शेयर बिक्री गरेका थिए । २ वटा जहाज मात्रै रहेका कम्पनीबाट फिर्ता ल्याउँदा भने शाक्यले यतीका ५ वटा जेटस्टीम खरिद गरेर ७ वटा जहाज बताएका थिए ।

गुणले पछिल्लो सयम एक अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको थियो । शाक्यले ८ वर्षपछि पुनः गुणकै ब्राण्डमा दुई वर्ष अगाडि फिर्ता ल्याएर उडान सुरु गरेको भएपनि फेरि समस्यातर्फ थकेलिएको पाइएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार