29.1 C
Kathmandu

संकटोन्मुख अर्थतन्त्रमा महंगीको चिन्ता, आगामी वर्ष १२ प्रतिशत पुग्ने राष्ट्र बैंककै प्रक्षेपण

काठामडौं । संकटोन्मुख अर्थतन्त्रसँगै महंगिको पनि चिन्ता थपिएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा अभाव भएको तरलताले समग्र अर्थतन्त्रमा असर गरिरहेको छ । सरकारको लक्ष्य अनुसारको राजस्व नठेर खर्च कटौती हुन थालेका बेला महंगीले च्याप्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन प्रतिवदेन अनुसार महंगीदर उकालो लागि रहेको छ । राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षण अनुसार आगामी ३ महिनामा १० प्रतिशत र एक वर्षमा १२ प्रतिशत मूल्यंबृद्धि हुने अनुमान गरिएको छ ।

राष्ट्र बैंकका अनुसार गत पुस २४ देखि एक सातासम्म देशभरका विभिन्न ६० वटा प्रमुख बजार क्षेत्रमा भएको सर्वेक्षणबाट यस्तो मुद्रास्फीति अनुमान गरिएको हो । राष्ट्र बैंकले उक्त सर्वेक्षणमा २ हजार १० जनालाई समावेश गरेको थियो । हाल मुद्रास्फीति दर ७.२६ प्रतिशत रहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार