29.1 C
Kathmandu

नयाँ सरकारको अर्थमन्त्री, माओवादीबाट वर्षामान पुन र एमालेबाट भए विष्णु पौडलको संभावना अधिक

काठमाडौं । नयाँ सरकारका अर्थमन्त्रीमा माओवादीबाट भए वर्षामान पुन र एमालेबाट भए विष्णु पौडलको संभावना अधिक देखिएको छ । माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेसँँगै अब अर्थमन्त्रीमा पनि यी दुइ नेताकै सम्भावना बलियो भएको छ ।

मुख्यतः माओवादी–एमाले सत्ता समीकरणबाटै सरकार बन्ने भएपछि अर्थ मन्त्रालयको नेतृत्व माओवादी वा एमालेले नै गर्ने छ । यी दुई पार्टीमध्ये एउटाबाट अर्थमन्त्री हुने पक्का छ। अर्थमन्त्रीका लागि मुख्य तीन पात्र दाबेदार पुन वा पौडेल मात्रै देखिन्छन् ।

नेकपा माओवादी केन्द्रबाट भए वर्षमान पुन र एमालेबाट विष्णुप्रसाद पौडेल ले सोमाबार नै अर्थमन्त्रीको जिम्मेवारी पाउने सम्भावना अधिक छ । यद्यपि, अर्थमन्त्रीको कोटा माओवादीमै आए वहालवाला मन्त्री जनार्दन शर्मा फेरि पनि दोहोरिने संभावना पनि न्यून छ । तर, उनलाई उद्योगी व्यवसायी र दातृ निकायले नरुचाएको कारण शर्माको संभावना न्यून छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार