26.1 C
Kathmandu

संकटको डिलबाट अर्थतन्त्र सुधार्ने मौका कस्लाई ?

काठमाडौं । संकटको डिलमा पुगेको अर्थतन्त्र सुधार गर्ने मौका नयाँ अर्थमन्त्रीलाई हुने भएको छ । नेपालको अर्थतन्त्र पछिल्लो समय संकटग्रस्त भएको भन्दै चिन्ता भइरहेका बेला नयाँ सरकार बनेसँगै अब अर्थतन्त्र सुधार गर्ने मौका पनि नयाँ अर्थमन्त्रीलाई हुने छ ।

यसपटक संकटग्रस्त अर्थतन्त्र उकास्ने जिम्मेवारी अर्थमन्त्रीलाई हुनेछ । दाता र बजारले माओवादीका अर्थमन्त्री जनार्दन शर्मालाई स्वीकार नगरेका कारण अर्थमन्त्रालय एमालेले नै सम्हाल्नुपर्दा विष्णु पौडेल वा माओवादीबाट भए वर्षामान पुनको काँधमा सो जिम्मेवारी आउन सक्ने देखिन्छ ।

निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदायले पत्याएको परिपक्व अर्थमन्त्री नभए मुलुकले धान्ने अवस्था अब नरहेको विज्ञहरु बताउछन् ।

एमालेबाट चुनाव जितेका पदाधिकारीमध्ये बिष्णु पौडेलपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिवहरु छबिलाल विश्वकर्मा, योगेश भट्टराई, गोकर्ण विष्ट, टोपवहादुर रायमाझी र रघुबीर महासेठ छन् ।

एमालेका सिनियर र ओलीका विश्वासपात्र पनि यी नै हुन् । यसमा पनि विष्णु पौडेललाई नै उपप्रधानसहित अर्थ दिएर एमालेले सरकारमा पठाउन सक्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार