29.1 C
Kathmandu

कामना सेवाद्वारा एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ

काठमाडौं /समय सापेक्ष ग्राहकको चाहना अनुसार नवीनतम प्रविधि मार्फत सेवाहरु प्रवाहगर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प¥याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले २०७९ पौस १ गते बाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुचारु गरेको छ ।

बैंकका नायव महाप्रबन्धक लालबहादुर थिङ्ग र स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको शुभारम्भ गरे । कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत बिकाश ढुङ्गानाज्यू लगायत बैंकका कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवाविकास बैंक लिमिटेड बीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगमा भएके सहकार्यले बैंकलाई आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदानगर्न निकै सहज भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारत भित्र  सजिलै सेवा लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार