29.1 C
Kathmandu

विवाहको महिना सुरु भएसँगै महंगियो सुन , ९८ हजारमा कारोबार भइरहेको सुनको भाउ तोलामै लाख नाघ्न सक्ने

काठमाडौं । मंसिर अर्थात विवाहको महिना सुरु भएसँगै सुनको भाउ बढ्दै गएको छ । अहिले ९७ हजार ९ सय अर्थात करीब ९८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन छिट्टै एक लाख तोला पुग्ने भएको छ ।

विवाहको सिजनसँगै सुनको भाउ महंगिदै हुँदै गएको देखिएको छ । सुन पछिल्लो पाँच महिना यताकै सर्वाधिक महंगो हो । विवाहको लगन धेरै हुने महिनामा नै मूल्य वृद्धि हुँदा सर्वसाधारणमा भने यसको असर पर्ने देखिन्छ ।

नेपाली परम्परा अनुसार विवाहमा सुनको प्रयोग हुने गर्छ । नेपाली महिलाहरुको श्रृंगारका रुपमा पनि सुनका गहनालाई लिइने हुँदा पनि नेपाली विवाह तथा अन्य शुभसाइतका कार्यक्रमहरुमा सुन चाहिन्छ । जसकारण सुनको माग र व्यापार मंसिरमा अन्य समयभन्दा धेरै हुने गर्छ ।

तर सुनको मूल्य महंगिदा सर्वसाधारणकालागि भने सुन किन्न कठिन हुने गरेको छ । यधपी थोरै नै भएपनि परम्परा र रहरका कारण नेपालीहरूले सुन भने खरिद गर्ने गर्दछन् ।

खासगरी, विश्व बजारमा सुनको मूल्य बढेकाले नेपाली सुनबजारमा त्यसको प्रभाव देखिएको हो । सो बजारमा सुनको मूल्य करिब ३ महिनायताकै उच्च रहेको छ । बुधबार सुन प्रतिअउन्स एक हजार ७८३ डलरसम्ममा कारोबार भएको छ ।

अमेरिकी डलर कमजोर बन्दा त्यसको असर सुनको भाउमा परेको छ । हाल धेरै लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएका छन् । डलरमा लगानी नगरेर सुनमा बढि लगानी हुँदा सुनको भाउ बढेको हो ।

अर्कोतर्फ रुस र युक्रेनको युद्ध पनि साम्य नहुँदा विश्वको अर्थतन्त्रमा पनि सुधार हुन सकेन । जसकारण अन्य क्षेत्रमा लगानी सुरक्षित नदेख्दा लगानीकर्ताहरुले सुनतर्फ लगानी बढाएर सुनको भाउ बढेको सुनचाँदी व्यवसायी बताउँछन् ।

विश्वभरमा महंगी बढ्दा पनि सुनको भाउ महंगिएन भन्ने चिन्ता बढेकोले पनि सुनको मूल्य एक लाख हुनैपर्ने अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरुको भनाइ छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार