26.1 C
Kathmandu

घरजग्गा कारोबारमा मन्दी: कात्तिकमा २८ हजार मात्रै किनबेच, ३ अर्ब राजस्व संकलन

काठमाडौं । कात्तिक महिनामा देशभर २८ हजार मात्रै घरजग्गा किनबेच भएको छ । विगतका महिनाहरुमा मासिक ७० हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदै आएको घरजग्गाको कारोबार एक वर्ष अघिदेखि लगातार घटिरहेको छ । घरजग्गा कारोबारमा मन्दि आएको छ ।

कात्तिक महिनामा देशभरका मालपोत कार्यालयबाट जम्मा २७ हजार ९३९ वटा घरजग्गा लिखत पारित हुँदा २ हजार २८१ नामसारी, २७ सय ५५ संशोधन, २० हजार ५६४ रोक्का, १५ हजार ५४६ फुकुवा र ७३७ वटा घरजग्गा दाखिला खारेज भएको छ ।

कात्तिक महिनामा भएको जग्गाको कारोबारबाट सरकारलाई ३ अर्ब ७६ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

देशभरका मालपोत कार्यालयमध्ये चितवनबाट सबैभन्दा बढी राजस्व संकलन गरेको छ । चितवनबाट कात्तिकमा कम घरजग्गा किनबेच भएपनि महंगा घरजग्गा किनबेच हुँदा ५९ करोड ८ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भक्तपुरबाट १७ करोड ५६ लाख रुपैयाँ, चावहिलबाट १५ करोड ९० लाख रुपैयाँ, लगनखेलबाट १५ करोड ८४ लाख रुपैयाँ, कलंकीबाट १४ करोड रुपैयाँ, डिल्लिबजारबाट १३ करोड ७६ लाख रुपैयाँ, कास्कीबाट ७ करोड १२ लाख रुपौयँ र धनगढीबाट ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार