29.1 C
Kathmandu

अर्थतन्त्रमा सुधारको संकेत: विदेशी मुद्रा संचिति १३ करोडले बढ्दा आयात क्षमताले ८ महिनालाई थेग्ने

अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । विदेशी मुद्रा संचिति १३ करोडले बढ्दा आयात क्षमताले ८ महिनालाई थेग्ने भएको राष्ट्रले जारी गरेको तथ्यांकले देखाएको छ ।

विदेशी मुद्रा संचिति १३ करोड डलरले बढेको छ । गत भदौको तुलनामा असोज महिनामा यस्तो डलर संचिति ९ अर्ब ३५ करोड बढेर ९ अर्ब ४८ करोड अमेरिकी डलर पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो ३ महिनासम्मको तथ्यांक अनुसार गत भदौको तुलनामा डलर संचिति बढेको भएपनि गत वर्षको पहिलो त्रैमासको तुलनामा भने ०.६ प्रतिशतले घटेको छ ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो २०७९ असोज मसान्तमा यस्तो संचिति ९ अर्ब ४८ करोड डलर पुगेको पनि राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको यस्तो डलर सञ्चिति यो वर्षको असोजसम्ममा २.५ प्रतिशतले वृद्धि भएर १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको पनि तथ्यांकले देखाएको छ ।

नेपालमा रहेको डलर संचितिमध्ये नेपाल राष्ट्र बैंकमा ११ खर्ब ०१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थामा यस्तो संचिति १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

नेपालमा रहेको विदेशी संचितिले चालू आवको पछिल्लो तीन महिनाको आयातलाई आधार बनाउँदा ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ यस्तो आयात धान्ने क्षमता भदौमा ७.७ महिलाई धान्न सक्ने मात्रै थियो ।
शोधनान्तर स्थिति यो अवधिमा १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार