29.1 C
Kathmandu

असोज महिनामा बैंकहरुको बिजनेश, नबिलको ३ अर्ब ३९ करोड हुँदा अरुको कति ?

काठमाडौं । असोज महिनामा बैंकहरुको बिजनेश केही बढेको छ । नबिल बैंकको विजनेश अरु बैंकरुको भन्दा बढी रहेको छ । यो बैंकले ३ अर्ब ३९ करोड रुपैयाँको बिजनेश गरेको छ ।

असोज महिनामा बैंकमा ६१ अर्ब रुपैयाँ निक्षेप बढेसँगै वाणिज्य बैंकहरुको बिजनेश पनि बढेको छ । सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकको निक्षेप ६१ अर्ब ६४ करोड रुपैयाँले बढ्दा कर्जा लगानी ३० अर्ब ४ करोड रुपैयाँले बढेको हो ।

बैंकमा लगानीयोग्य रकम (तरलता)अभाव भएको समयमा पनि वाणिज्य बैंकले निक्षेप उठाउने क्रमसँगै कर्जा विस्तारै बढाएका छन् ।

नेपाल बैंकर्स संघकाअनुसार असोजमा वाणिज्य बैंकहरुको निक्षेप ६१ अर्ब ६४ करोड रुपैयाँले बढेर ४५ खर्ब ४७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । भदौमा वाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ८५ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

बैंकहरुको असोज महिनाको बिजनेश

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार