23.1 C
Kathmandu

६१ अर्बले बैंकमा निक्षेप बढ्यो, एकै सातामा थपियो २८ अर्ब

बैंकिङ प्रणालीमा असोज महिनामा ६१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । बैंकर्स संघ नेपालले जारी गरेको असोज मसान्तसम्मको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा भदौको तुलनामा असोजको एक महिनामा नै उक्त निक्षेप बढेको हो ।

भदौंमा बैंकहरूमा ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको निक्षेप असोजमा बढेर ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यस्तो निक्षेप पछिल्लो एक सातामा मात्रै २८ अर्ब रुपैयाँ थपिएको छ । असोजको पहिलो १५ दिनसम्म बढ्दै गएको यस्तो निक्षेप तेस्रो साता केही घटेको देखिएपनि चौथो र पाँचौ सातामा भने बढेको देखिएको छ ।

यो अवधिमा बैंकहरूको कर्जा लगानी भने ३० अर्ब रुपैयाँले बढेको छ । भदौ मसान्तमा ४१ अर्ब ९० अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी असोजको अन्तिममाा ४२ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो समय चुनावी गतिविधि बढेसँगै अर्थतन्त्र चलायमान हुँदा बैंकहरूमा पनि निक्षेप थपिएको देखिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार