23.1 C
Kathmandu

तिहारको विदामा बैंक खुल्ने, कुन बैंकले कहाँबाट दिँदैछन सेवा जान्न वेवसाइट हेरेर जानुपर्ने

काठमाडौं । तिहारको विदामा बैंक खुल्ने छन् । कुन बैंकले कहाँबाट दिँदैछन सेवा जान्न भने सम्बन्धित बैंकको वेवसाइट हेरेर जानुपर्ने छ ।

तिहारको बेला वाणिज्य बैंकहरुले सेवाग्राहीलाई सेवा दिन उपयुक्त समयसहितको तालिका वेवसाइटमा राखेका छन् । ग्राहकले साइटमा हेरेर आपू अनुकुल र पायक पर्ने बैंकमा जानुपर्ने छ ।

सबै बैंकहरुले सूचना निकालेर तिहारको बिदामा पनि सेवा दिने जनाएका छन् । बैंकहरुले लक्ष्मी पुजाको दिन देखि १० गते भाई टिकाको दिन र १२ गते शनिबार तथा १३ गते छठ पर्वको दिन पनि सेवा दिने भएका छन् ।

बैंकहरुले काठमाडौं उपत्यका मात्रै नभएर देशै भरका विभिन्न शाखाबाट छुट्टा छुट्टै दिन सेवा दिने भएका छन् । बिदाको दिन पनि बैंकले दिने सेवाले सेवाग्राहीहरुलाई सहज भएको बताइन्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार