29.1 C
Kathmandu

रेमिट्यान्स आय २० प्रतिशतले बढ्यो, नेपालीले आफन्तका नाममा एकै महिनामा पठाए ९२ अर्ब

काठमाडौं । रेमिट्यान्स आय २०.३ प्रतिशतले बढेको छ । रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका नेपालीले आफन्तका नाममा एकै महिनामा पठाए ९२ अर्ब २१ करोड रुपैयाँ पठाएका छन् ।

यो रकम दशैं आउनु अगाडिको महिनामा भएकोले दशैं खर्चकै रुपमा आएको अनुमान छ । भदौमा पनि नेपालीले यही अनुपातमा रकम पठाएको अनुमान केन्द्रीय बैंकको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स आय बढेको छ । यस्तो आय नेपालबाट वैदेशिक रोजगारीको लागि विदेश जाने नेपाली बढेको, दशैंको लागि खर्च गर्न पैसा तुलनात्मक रुपमा अन्य महिनाको भन्दा बढी पठाएको र डलर सटहीका कारण रेमिट्यान्स रकम बढेको देखिएको छ ।

गत वर्षको साउनमा १७.४ प्रतिशतले घटेको यस्तो रेमिटेन्स आय यो वर्ष भने उल्लेख्य रुपमा बढेको देखिएको छ । अमेरिकी डलरमा यस्तो विप्रेषण आप्रवाह १२.५ प्रतिशतले बढेर ७२ करोड ४० लाख पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले बढेर २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार