23.1 C
Kathmandu

असोजदेखि बैंकको ब्याज बढ्ने, निक्षेपकर्ता खुशी ऋणीभने चिन्तामा

काठमाडौं । वाणिज्य बैैंकहरूल असोजबाट ब्याजदर बढाउने भएका छन । असोजदेखि बैंकको ब्याज बढ्ने भएपनि निक्षेपकर्ता खुशी भएका छन भने ऋणी भने चिन्तामा छन् ।

बैकहरुले निक्षेपमै हाल बैंकहरूले दिइरहेको भन्दा डेढ प्रतिशत विन्दूसम्मले ब्याजदर बढाउने भएका छन् । यस्तो ब्याजदर ऋणीको हकमा पनि बढ्छ ।

बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले बैंकहरूलाई ब्याजदर बढाउन दिने निर्णय गरेको छ । यस अघि बैैंकहरूले तरलता अभाव भएको र ब्याज बढाउँदा बैंकको लागत मात्रै बढ्ने भन्दै भद्र सहमति गरेर ब्याजदर प्रायः सबैको एउटै ११.०३ प्रतिशतसम्म कामय गरेका थिए ।

बैंकहरुले बढाउने ब्याजदर बढाउँदा पनि अघिल्लो महिनाको भन्दा १० प्रतिशतसम्मले मात्रै ब्याजदर बढाउन पाउने छ । यसरी बढाउँदा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३ प्रशित पुग्ने भएको छ ।

यस्तो ब्याजदर रेमिट्यान्स बचतमा भने १३ प्रतिशत पुग्ने भएको छ । हाल रेमिट बचतमा ११.०३ प्रतिशत ब्याजदर बैंकहरूले दिइरहेका छन् । बैंकहरूले पछिल्लो ६ महिनादेखि भद्र सहमति गरेर ब्याजर स्थिर राखेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार