26.1 C
Kathmandu

अर्थतन्त्रमा सुधार आएन, रेमिटेन्स र निर्यात बाहेक सबै सूचक नकारात्मक

काठमाडौ । पछिल्लो एक वर्षमा निर्यात र रेमिट्यान्स आयमा मात्रै सकारात्मक संकेत देखिएको छ । बाँकी सबै सूचक नकरात्मक छन् । सकारात्मक देखिएका सूचकको हिस्सा पनि असाध्यै सानो छ ।

अरू सूचकका कारण अर्थतन्त्रको अवस्था कमजोर देखिएको राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा उल्लेख छ ।गत आर्थिक वर्षको साउनदेखि ओरालो लागेको अर्थतन्त्र पुससम्म आइपुग्दा जटिल अवस्था पुगेको थियो । माघ लागेदेखि सामान्य सुधारका संकेत भए पनि आशातित प्रगति भने हुन सकेको थिएन ।

गत बैशाखमा चुनावी खर्चले बजारलाई चलायमान बनाउने अपेक्षा थियो तर, अर्थतन्त्र भने शिथिल नै रह्यो । असार मसान्त लागेपछि भने अर्थतन्त्र तङ्ग्रीएको संकेत देखिएको थियो ।

नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको गत आर्थिक वर्ष (२०७८ साउनदेखि २०७९ असारसम्म)को तथ्यांक अनुसार अर्थतन्त्रको सूचक अघिल्लो वर्षको तुलनामा अझै कमजोर अवस्थामै छ ।

गत वर्षको कात्तिक मंसिरबाट थलिन थालेको अर्थतन्त्रको चित्र क्रमशः सुधार हुँदै आएको त छ तर, अझै चाँडै लय पक्रिने अवस्था भने छैन ।

गत पुस महिनामा विदेशी मुद्रा सञ्चितिमा चर्को दबाब थियो । त्यसबेला देशले वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमता ६ महिना १५ दिनको मात्रै थियो ।

अहिले भने त्यो अवस्थाबाट सुधार भएर बस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमता करीब ७ महिनाको हाराहारीमा पुगेको छ । तर, यो त्यत्रो ठूलो सुधार भने होइन् ।

अर्थतन्त्रलाई पछिल्लो समय रेमिट्यान्स अप्रवाहले केही ढाडस दिएको छ । त्यही कारण विदेशी विनिमय सञ्चिति बढेको हो । अर्थतन्त्र सबल हुनका लागि विदेशी विनिमय सञ्चिति बढाउने र र शोधनान्तर घाटा सकेसम्म घटाउन सक्नुपर्छ ।

एक वर्ष अगाडि अमेरिकी डलरको सञ्चिति ११ अर्ब ७५ करोड थियो । उक्त सूचाङ्क गत असारमसान्तमा ९ अर्ब ५४ करोडमा सिमित भएको छ । अमेरिकी डलर सञ्चिति गत बैशाखमा घटेर ९ अर्ब २८ करोडमा झरेको थियो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार