29.1 C
Kathmandu

एक दिनमात्रै आशा देखएर फेरि ओरालो यात्रामा नेप्से, २२१ को कारोबार हुँदा २०० ले गुमाए

काठमाडौं । एक दिनमात्रै आशा देखएर नेप्से फेरि ओरालो यात्रामा लागेको छ छ । २२१ को कारोबार हुँदा २०० ले गुमाउने गरी बजार ओरालो लागेको हो ।

शेयर बजारको मापक नेप्से परिसूचकको बृद्धि एक दिन मात्रै टिकेको छ । पछिल्लो एक सातादेखि लगातार घटिरहेको नेप्से परिसूचक सोमवार ५५.८८ अंकले बढेको भएपनि मंगलवार पुनः घटेको छ ।

सोमवार २०६५.६९ विन्दूमा पुगेको नेप्से मंगलवार २४.८३ अंकले घटेर २०४१.०६ विन्दूमा आइपुगेको छ । आज नेप्से १.२० प्रतिशतले घट्दा कारोवार भने ६४ लाख कित्ताको भएको छ । यसबाट कुल २ अर्ब ४७ करोड रुपैयाँको कारोवार भएको छ ।

आज बजार घटेको दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीले भने सबैभन्दा बढी कमाएको छ । यो कम्पनीले ९.९९ प्रतिशतले कमाउँदा अन्य २१ कम्पनीले ०.०३ प्रतिशतदेखि ४.०२ प्रतिशतसम्मले कमाएका छन् ।

आज बजार घटेका कारण नेप्सेमा २२१ कम्पनीले कारोवार गर्दा २०० वटा कम्पनीले भने गुमाएका छन् । आज सबैभन्दा बढी गुमाउनेमा युनिलिभर नेपालको ५.६२ प्रतिशत रहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार