29.1 C
Kathmandu

तीन पटक मूल्य घटेर आउँदा पनि इन्धनको भाउ घटेन, निगम भन्छ अझै ६२ करोड घाटा पूर्ति गर्नुपर्छ

काठमाडौं। तीन पटक मूल्य घटेर आउँदासमेत आयल निगमले भने इन्धनको भाउ नघटाउने भएको छ । आयल निगमले मासिक घाटा साढे ६२ करोड रहेको भन्दै तत्कालै पेट्रोलियम पदार्थको मूल्य नघटाउने जनाएको छ।

निगमका कार्यकारी निर्देशक उमेश थानीले मासिक घाटा ६२ करोड भन्दा बढी रहेकाले मूल्य घटाउन नसकिने जानकारी दिए।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। त्यही आधारमा निगमको नोक्सानी पनि धेरैनै घटेको छ, उनले भने, डिजलमा अझै लिटरमा पाँच रुपैयाँ नोक्सानी छ।

उनले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएमा मात्रै मूल्य समायोजनको बारेमा हेर्न सकिने बताए। ुहामीले निरन्तर लबिङ गर्दा पनि कर समायोजन हुन सकेको छैन। त्यसैले तत्कालै मूल्य घट्नसक्ने अवस्था छैन,ु उनले भने।

निगमले तेल आपूर्तिका लागि १० अर्ब रुपैयाँ ऋण लिएको बताउँदै इन्डियन आयल कर्पोरेशनलाई २३ अर्ब तिर्न बाँकी रहेको थानीले जानकारी दिए। उनका अनुसार ऋण वापत मासिक १४ करोड रुपैयाँ ब्याज मात्रै निगमले तिर्नुपर्छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार