23.1 C
Kathmandu

तीन सातामै बैैंकबाट हरायो ९५ अर्ब, ९ अर्ब मात्रै लगानी बढ्दा कहाँ गयो निक्षेप ?

काठमाडौं । वाणिज्य बैंकहरूबाट साउनको तेस्रो सातामा ९५ अर्ब रुपैयाँ हराएको छ । असार मसान्तको तुलनामा २० साउनसम्ममा बैंकहरूको निक्षेप ९५ अर्ब रुपैयाँले घटेको छ । यो रकम बैंकबाट घटेकोले हराएको र नयाँ लगानी भने नबेको देखिएको  छ ।

असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप साउन तेस्रो साता आइपुग्दा घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको छ । यो अवधिमा कर्जा प्रवाह भने ९ अर्ब रुपैयाँले बढेको छ ।
वाणिज्य बैंकहरूको निक्षेप पछिल्लो एक सातामा ४ अर्ब रुपैयाँले घटेको छ । बैंकहरूको निक्षेप साउन १३ देखि २० गतेसम्मको एक सातामा घटेको भएपनि कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले बढेको छ ।
नेपाल बैंकर्स संघले जारी गरेको पछिल्लो तथ्यांक अनुसार साउन तेस्रो सातासम्ममा बैंकहरूको निक्षेप ४४ खर्ब ५० अर्बबाट ४४ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको छ ।
यो अवधिमा बैंकहरूले गरेको लगानी भने ४१ खर्ब ६४ अर्ब रुपैयाँबाट बढेर ४१ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार