23.1 C
Kathmandu

नाफा बढाउँदै लघुवित्त, गत वर्ष ७० प्रतिशत बोनश दिएको लघुवित्तको नाफा १३ प्रतिशत मात्रै

काठमाडौं । धमाधम नाफा बढाउँदै गरेका लघुवित्तको संख्या बढेको देखिएपनि केहीको भने नकारात्मक भएको छ । गत आर्थिक वर्षमा अधिकांश लघुवित्तको खुद नाफा बढ्दा गत वर्ष ७० प्रतिशत लाभांश दिएको जीवन विकास लघुवित्तको नाफा भने जम्मा १३ प्रतिशतले बढेको छ ।

६५ वटा लघुवित्त अहिले सञ्चालनमा छन् । यस मध्ये नेप्सेमा ५१ वटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् । सूचीकृत लघुवित्तमध्ये मंगलबारसम्ममा ४० वटा लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण समार्वजनिक गरेका छन् । यसमध्ये धेरै नाफा बढाएका छन् ।

यी कम्पनीहरूले गत आवमा ८ अर्ब ४६ करोड ५ लाख ५१ हजार रूपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवमा कम्पनीहरू खुद नाफा ७ अर्ब ८४ करोड ४४ लाख ३९ हजार रूपैयाँ थियो । समीक्षा अवधिमा यी कम्पनीहरूको नाफा औसतमा ७.८५ प्रतिशतले बढेको हो । यस्तो छ वित्तीय विवरण सार्वजनिक भएका लघुवित्तहरुको विवरण ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार