26.1 C
Kathmandu

बैंकहरूको प्रतिशेयर आम्दानीभन्दा लाभांश धेरै, कसरी दिन सक्छन २७ रुपैयाँ आम्दानीबाट ४१ प्रतिशत लाभांश

काठमाडौं । वाणिज्य बैंकहरूकोले यो वर्ष गत वर्षको नाफाबाट ४१ प्रतिशतसम्म लाभांश दिने भएका छन् । प्रति शेयर आम्दानी २७ रुपैयाँ रहेको बैैंकले ४१ प्रतिशत लाभांश दिने क्षमता बनाएका छन् ।

लाभांश बढी दिने क्षमता भएकोले प्रति शेयर आम्दानीमा एभरेष्ट नै अगाडि छ । यसको प्रतिशेयर आम्दानी २७ रुपैयाँ पुगेको छ । यस्तो आम्दानी गत वर्ष १९ रुपैयाँ मात्रै थियो । यो बैंकले यस वर्ष ४१.१५ प्रतिशत लाभांश दिन सक्ने भएको छ । यसले गत वर्षको रिजर्भ, ऋणपत्रबाट भएकोसहितबाट यस्तो लाभांश दिन लागेको हो ।

बैंकहरु सबैले प्रतिशेयर आम्दानी भन्दा बढी लाभांश दिने भएका छ । सबै बैंकले गत वर्ष राखेको रिजर्व र ऋणपत्रसहितबाट भएको आम्दानी तथा अन्य गैरवैकिङबाट भएको आम्दानीलाई जोडेको छ । प्रतिशेयर आम्दानीभन्दा लाभांश कुनैवर्ष बढी त कुनै वर्ष कम हुनु सामान्य प्रक्रिय रहेको सम्बन्धित बैंकले बताएका छन् ।

गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमता एभरेष्ट बैंकले बनाएको छ । यो बैंकको वितरण योग्य नाफा गत आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ८९ करोड रुपैयाँ छ । यसको शेयर ९ अर्ब ४६ करोड रुपैयाँको छ । कुल वितरण योग्य नाफामा यो बैंकले आफ्ना शेयरधनीलाई दिन सक्ने लाभांशको क्षमता ४१.१५ प्रतिशत हुन आउँछ । यो लाभांश क्षमता अन्य सबै वाणिज्य बैंकको तुलनामा धेरै हो ।

शेयरधनीलाई लाभांश बाँड्ने क्षमता बढाउनेमा नबिल बैैंक समेत अब्बलकै सूचीमा छ । यो बैंकले गत वर्षको नाफाबाट ३९.९४ प्रतिशत लाभांश बाँड्न सक्छ । नबिल बैैंक शेयरधनीलाई नाफा बाँड्ने अब्बल बैंककै सूचीमा पर्छ । यो बैंकले गत वर्ष पनि अघिल्लो वर्षको नाफाबाट ३५.२६ प्रतिशत लाभांश दिएको थियो ।

यो वर्ष लाभांश कम दिनेमा सनराइज बैंक हुने भएको छ । यसको लाभांश क्षमता जम्मा २.५३ प्रतिशत रहेको छ । सनराइजले गत वर्ष जम्मा २५ करोड ५६ लाख रुपैयाँ मात्रै वितरणयोग्य नाफा कमाएको छ । यस्तो नाफमा यसका १० अर्ब १ करोड रुपैयाँको चुक्तापुँजी रहेकोले लगानीकर्तालाई दिन सक्ने लाभांश साढे २ प्रतिशत मात्रै हो ।

स्तो लाभांश अन्य सबै बैैंकहरूको तुलनामा कम हो । गत वर्ष जम्मा साढे ५ प्रतिशत लाभांश दिएको सिभिल बैैंकले भने पहिलोपटक लाभांश क्षमता दोहोरो अंकमा पु¥याएको छ । यो बैंकले ११.०९ प्रतिशत लाभांश दिन सक्ने छ । हिमालयनसँग मर्जरको सम्झौता गरिसकेको भएपनि एकीकृत कारोवार नगरेकोले यो वर्षको लाभांश सिभिलले नै दिने छ ।

वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा तरलता अभाव र संकुचनकारी कर्जा विस्तारको नीतिका कारण पनि २३.१४ प्रतिशतले नाफा बढाउन सफल भएका छन् । सञ्चालनमा रहेको २६ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को एक वर्षमा ७४ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यस्तो नाफा अघिल्लो वर्ष ६० अर्ब ६० करोड रुपैयाँ मात्रै थियो ।

यो अवधिसम्ममा वाणिज्य बैंकहरूले ४४ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४० खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तो कर्जा विस्तार गर्दा बैंकहरूको खुद ब्याज आम्दानी १ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ ।

बैंकहरूको यस्तो ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा २१.३५ प्रतिशतले बढेको देखिएको छ । ब्याज आम्दानी बढेकै कारण बैैंकहरूको नाफा पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष १४ अर्ब १० करोड रुपैयाँले बढेको सम्बन्धित बैंकहरूले जारी गरेको गत आर्थिक वर्ष २०७८/७९ को अपरिस्कृत वित्तीय विवरणबाट देखिएको छ ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा बढाउन भने सिभिल बैंक सफल भएको छ । यो बैंकको नाफा १६५ प्रतिशतले बढेको छ । हिमालयन बैैंकसँग विलय हुने गरी सम्झौता गरेको यो बैंकले अरु सबै वाणिज्य बैंकलाई नाफाको बृद्धिदरमा पछाडि पारेको छ ।

नाफाको अंक ठूला बैंकसँगको तुलनामा थोरै भएपनि आक्रामक बजार विस्तारसहितको नीतिले नाफा बढाउनमा भने यो बैंक अब्बल ठहरिएको छ । सिभिलले नाफा ५२ करोड रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता भइसकेको भएपनि एकीकृत कारोवार भने भएको छैन् । नाफा बढाउनमा अब्बल बनेको सिभिलको तुलनामा हिमालयन बैंकले नाफाको बृद्धिदर भने निराशाजनक छ । हिमालयनको नाफा अघिल्लो आवको तुलनामा गत आव २०७८÷७९ मा १७ प्रतिशतले घटेको छ ।

गत आवमा नाफा घट्नेमा ३ वटा वाणिज्य बैंक छन् । त्यसमा कृषि विकसपछि सबैभन्दा बढी नाफा घटेको बैंकमा छ भने त्यसपछि हिमालयन नै छ । हिमालयको नाफा २ अर्ब ९९ कारोडबाट घटेर २ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ ।

बैंकले एक वर्षमा साढे दुई अर्ब रुपैयाँ नाफा कमाएको भएपनि यस्तो नाफा अघिल्लो वर्षको तुलनामा अरु बैंकहरूको न्यूनतम ५.२ प्रतिशतदेखि १६५ प्रतिशतले बढ्दा हिमालयनको भने दोहोरो अंकले घटेको छ । नाफा घटेको अन्य दुई बैंकमा कृषि विकासको २३.६ प्रतिशत र सानिमा बैंकको ०.९ प्रतिशत रहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार