26.1 C
Kathmandu

इन्भेष्टमेन्ट र मेगा बैंकबीच गाभिने सम्झौता, ३४ अर्ब चुक्ता पुँजीको सबैभन्दा ठूलो बैंक बन्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुई बैंकबीच शुक्रबार एक अर्काबीच मर्जरमा जाने (एक आपसमा गाभिने) सम्झौता भएको हो ।

यी दुई बैंकको मर्जर भएर औपचारिक रूपमा एकीकृत कारोबारपछि नेपालकै ठूलो वाणिज्य बैंक बन्ने भएको छ । यी दुबै बैंकको मर्जरले ३४ अर्ब रुपैयाँ चुक्ता पुँजीको वाणिज्य बैंक बन्ने भएको छ ।

अहिले चुक्तापुँजीको हिसावले सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई हो । यसको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँको छ । अहिलेसम्म दुई ठूला बैंक मर्जर भएको छैन भने चुक्ता पुँजीको सिहावले अब बन्ने इन्भेमेन्ट मेगा बैंक नेपालकै ठूलो वाणिज्य बैंक बन्ने भएका छन् ।

यस अघि हिमालयन बैंकसँग १४ महिना अगाडि नै गरेको मर्जर सम्झौता भाँडिएपछि इन्भेष्टमेन्टले मेगासँग नयाँ सम्झौता गरेर मर्जरमा जाने भएको छ । एकपटक मर्जरमा जाने भएपछि अर्को साथी खाजेर भएपनि मर्जर गर्नेपर्ने केन्द्रीय बैंकको नियम छ ।

मर्जरसँगै दुबै बैंकको शेयर कारोवार भने अब एउटै भएर एकीकृत सेवा सुरु नगरेसम्मको लागि रोकिने छ । यी दुई बैंकबीच शुक्रबार भएको सहमति अनुसार मर्जरपछि नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हुने भएको छ ।

यी दुई बैंकले गरेको सहमति अनुसार शेयर संरचना नेपाल इन्भेष्टमेन्ट बैंक र मेगाबीच १००ः९० को अनुपातमा हुने छ । इन्भेष्टमेन्टको १०० रुपैयाँको शेयर अनुपात हुँदा मेगाको भने ९० रुपैया मात्रै हुने छ ।

मर्जरपछि बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकास पाण्डे बन्ने भएका छन् । हाल मेगा बैंकका सीईओ नभएकोले पनि इन्भेष्टेमन्टलाई सीईओ नै दावी गर्न पनि सहज भएको हो ।

बैंकको डेपुटी सीईओ भने रविना देशराज बन्ने भएकी छन् । मर्जरपछि बैंकको नयाँ नामबाट एकीकृत कारोवार भने ६ महिनाभित्रै हुने गरी सहमति भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार