23.1 C
Kathmandu

पर्वतीय पर्यटन व्यवसायीको संस्था एनएमएमा दुइपक्षिय प्रतिस्पर्धा हुँदै, कसले मार्ला बाजी

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)मा आज नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुँदै छ । आगामी दुई वर्षे कार्याकालयका लागि हुने नेतृत्व चयनका लागि दुइपक्षिय प्रतिस्पर्धा हुने भएको छ ।

पर्वतारोहण क्षेत्रको सुधार, अल्पाइन क्लवको रुपमा एनएमएलाई अन्तर्राट्रिय रुपमा चिनाउने, आरोही तथा व्यवसायीको हक हितको लागि लड्ने सहितका एजेण्डा बोकेर दुबै तर्फका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

एनएमएमा पर्यटन व्यवसायी निमानुरु शेर्पा र राजेन्द्रमान श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । एनएमएमा पहिलोपटक राजनीतिक दलले सहमति गरेर शेर्पालाई अ्रध्यक्ष बनाउन साझा उम्मेदवारको रुपमा शेर्पालाई सारेका छन्

दुईपक्षिय प्रतिस्पर्धा हुने भएपनि अर्का अध्यक्षका दावेदार श्रेष्ठले भने स्वतन्त्र उम्मेदवारी दिएका हुन । राजानीतिक दलले शेर्पा नेतृत्वको साझा उम्मेवारको प्यानल नै तयार पारेका छन् ।

अध्यक्ष बाहेक उपाध्यक्षदेखि अर्को प्यानल पनि प्रतिस्पर्धामा आएको छ । उक्त टोलीमा उपाध्यक्षसहितको नेतृत्व भने पर्वतारोही माया शेर्पाले गरेकी छिन ।

शेर्पाको टोलीले अध्यक्ष सर्वसहमतिमा तय गर्ने र उसैलाई समर्थन गर्ने गरी प्रतिस्पर्धाका लागि प्यानल गठन गरेको थियो । उनको टोलीले स्वतन्त्र उम्मेदवार राजेन्द्रमानलाई समर्थन गरेको छ ।

महासंघमा शेर्पासँग पर्यटन व्यवसायी तथा एनएमएका पूर्व महासचिव ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा आङ दावमा शेर्पा र नुरु आङ्बु शेर्पा प्रतिस्पर्धामा छन् ।

द्वितीय उपाध्यक्षमा दावा याङ्जुम शेर्पा र सार्की तामाङ, महासचिवमा आङ पेम्बा शेर्पा र मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र शिवबहादुर सापकोटा, कोषाध्यक्षमा फुरी ग्लाल्जेन शेर्पा र मुक्ति पाण्डेसहिताको समूह चुनावी प्रतिस्पर्धामा छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार