29.1 C
Kathmandu

अर्थतन्त्र झन कमजोर, डलर सञ्चिति २१ अर्बले घट्दा शोधनान्तर घाटा २० अर्बले बढ्यो

काठमाडौं । देशको अर्थतन्त्र हरेक महिना कमजोर हुँदै गएको छ । चालू आर्थिक वर्षको १० महिनामा आइपुग्दा समेत अर्थतन्त्रमा सुधार भएको छैन् । अर्थतन्त्रको मापन गर्ने आधार डलर सञ्चिती एकै महिनामा २१ अर्बले घटेको छ भने शोधनान्तर घाटा २० अर्बले बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिना (वैशाख)सम्मको तथ्यांक अनुसार अर्थतन्त्र कमजोर हुँदै गएको छ । गत महिनामा भन्दा विदेशी विनिमय सञ्चिति यो महिनामा करिब २१ अर्ब रुपैयाँले घटेको छ । यो अवधिसम्मा आइपुग्दा महंगी करिब ८ प्रतिशत नजिक पुगेको छ ।

वैशाखसम्ममा महंगीदर ७.८२ प्रतिशत पुगेको छ । यो महंगीको दर अहिलेसम्मकै बढी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यस्तो महंगी गत वर्षको वैशाखमा जम्मा ३.६५ प्रतिशत मात्रै थियो । अघिल्लो महिना चैतसम्ममा भने ७.२८
बैंकिङ प्रणालीमा तरलता अभाव, निक्षेपको तुलनमा कर्जा प्रवाह अधिक छ ।

सरकारको खर्च क्षमतामा ह्रास, आयात बढी हुँदा डलर सञ्चिति रित्तिदै जानु, निर्यातको योगदान न्यून हुनु, निर्यात कम हुँदा शोधनान्तर घाटा बढ्नुुसहितको कारण अर्थतन्त्र दबावमा परेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । यसले अर्थतन्त्रको लागि सकारात्मक सन्देश भने देखाएको छैन् ।

गत वर्षको तुलनामा यो वर्षको वैशाखसम्ममा रेमिट्यान्स आय १ अर्ब ९० करोड रुपैयाँले बढेको छ । रेमिट्यान्स बढेको भएपनि आयात बढेका कारण विदेशी मुद्राको सञ्चिति कम हुँदै जाँदा अर्थतन्त्रमा दवाब भने कायमै छ ।

गत वर्षको १० महिनासम्ममा १३ खर्ब ९० अर्ब ८४ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति यो वर्षको सोही अवधिमा आइपुग्दा २ खर्ब ४३ अर्ब ९६ करोड रुपैयाँले घटेको छ । विदेशी मुद्रा संञ्चिति घटेकै कारण अघिल्लो वर्ष यो अवधिमा १०.३ महिनालाई धान्नपुग्ने वस्तु तथ सेवोको आयात धान्न सक्ने क्षमतामा कमि आएर ६.६ महिनमा मात्रै सिमित भएको छ ।

गत वर्ष देशबाट बाहिरिने भन्दा भित्रने रकम बढी हुँदा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँले बचतमा थियो । तर, यो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा छ ।

यो वर्ष बैंकहरूले जम्मा २ खर्ब ८ अर्ब रुपैयाँ मात्रैको निक्षेप संकलन गरेर ५ खर्ब ५२ अर्ब रुपैयाँको कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको यो अवधिमा यस्तो निक्षेप गत वर्षको यो ५ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा गरेको कर्जा प्रवाह पनि ७ खर्ब ९५ अर्ब रुपैयाँ थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार