26.1 C
Kathmandu

अर्थमन्त्रीको स्वागत समारोहमा गभर्नर अनुपस्थित, बाध्यता कि अर्थमन्त्रीलाई असहयोग ?

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेललाई स्वागत गर्ने तथा उनको पदभार ग्रहण गर्ने समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अनुपस्थिति देखिएको छ ।

अर्थ मन्त्रालयका सबै विभाग, निकाय र मातहतका कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको सो समारोहणमा गभर्ननर अधिकारी देखिएनन् ।

राष्ट्र बैंकको तालुक निकाय अर्थ मन्त्रालय नै हो । अर्थले दिने हरेक निर्देशन राष्ट्र बैंकले पालना गर्नुपर्छ । सरकारले अर्थ मन्त्रालयमार्फ वित्तीय नीति बनाउँछ भने राष्ट्र बैंकले मौद्रिक नीति बनाउँछ ।

दुबै नीति अर्थतन्त्र सुधार गर्न र बलियो बनाउन एक अर्काका परिपूरक मानिन्छन् । सरकारको वित्तीय नीतिलाई पूरा गर्न मौद्रिक नीति आवश्यक हुन्छ । अर्थ र राष्ट्र बैंकबीचको समन्वयन राम्रो र सन्तुलित हुँदा मात्रै अर्थतन्त्त चलायमान हुन सक्छ ।

अर्थ मन्त्रालयले नयाँ मन्त्री पाएको र यस अघि असन्तुष्ट बनेका मन्त्री बाहिरिदा गर्भनर भने स्वागत समहारोमा गएनन् । राष्ट्र बैंकका दुई डेपुटी गभर्नर बमबहादुर मिश्र र निलम ढुंगाना मात्रै अर्थ मन्त्रालय उपस्थित भएर अर्थमन्त्रीको स्वागत गरेका छन् ।

अर्थ मन्त्रीको स्वागत समारोहमा नजानु गर्भनरको बाध्यता कि अर्थमन्त्रीलाई असहयोग ? यस विषयमा राष्ट्र बैंकका एक अधिकारीले भने काठमाडौं बाहिर भएकोले आउन भ्याउनु भएन ।

पहिले नै सेट भएको कार्यक्रममा जानु भएको छ । अर्थमन्त्री आजै आइहाल्नुहुन्छ भन्ने जानकारी पनि दिएन् अब आफैं अर्थ पुगेर बधाइ दिने काम गर्नुहुन्छ, ती अधिकारीले भने ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार