23.1 C
Kathmandu

एक सातापछि शेयर बजारले सकारात्मक आशा देखायो, एकै दिन बढ्यो ५५ अंक

काठमाडौं । एक सातापछि शेयर बजारले सकारात्मक आशा देखायो छ । बजार सोमबार एकै दिन बढ्यो ५५ अंकले बढेर २०६५.६९ विन्दूमा पुगेको छ ।

पछिल्लो एक सातादेखि लगातार घटिरहेको शेयर बजारमा सोमवार भने उल्लेख्य सुधार आएको छ । सोमवार एकैदिन शेयर बजार मापक सूचक नेप्से ५५.८८ अंकले बढेको हो ।

बजार बढेसँगै कुल ६० लाख कित्ता शेयरको किनबेच भएको छ । यसबाट २ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

बजार बढेको दिन तीन वटा कम्पनी श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स र राधी विद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतभन्दा बढी शेयर मूल्य बढ्नुलाई शेयर बजारमा सकारात्मक सर्किट लागेको भनिन्छ । सोमबार थप ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

बजार बढेको दिन पनि रिडी पावर कम्पनी, गुँराश लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्टसहितका १५ कम्पनीको शेयर मूल्य भने घटेको छ । आज आज शेयर मूल्य सबैभन्दा बढी घट्नेमा रिडि पावरको ९.९९ प्रतिशतले घटेको छ ।

सोमबार नेप्सेमा सूचिकृत कम्पनीहरूमध्ये २१५ वटाको ६० लाख कित्ता शेयरको ४२ हजार पटक कारोबार भएको पनि नेप्सेले जानकारी दिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार