24.1 C
Kathmandu

वाणिज्य बैंकहरूले २७ दिनमै १ खर्ब २० अर्ब रुपैयाँ गुमाए, कहाँ गयो बैंकबाट यत्रो ठूलो रकम

काठमाडौं । वाणिज्य बैंकहरूबाट साउनको २७ दिनमै १ अर्ब २० अर्ब रुपैयाँ निक्षेप घटेको छ । असार मसान्तको तुलनामा २७ साउनसम्ममा बैंकहरूबाट उक्त निक्षेप घटेको हो ।

बैंकहरूले पछिल्लो समय एकै महिनामा निकै ठूलो निक्षेप गुमाएका छन् । असार मसान्तमा बैंकिङ प्रणालीमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप घटेर २७ साउनसम्ममा आइपुग्दा ४४ खर्ब २१ अर्ब रुपैयाँको अंकमा झरेको छ ।

साउन लागेपछि धमाधम घटिरहेको वाणिज्य बैंकहरूको निक्षेप पछिलो एक सातामै २५ अर्ब रुपैयाँले घटेको छ । बैंकर्स संघ नेपालले जारी गरेको पछिल्लो तथ्यांक अनुसार साउन २० देखि २७ सम्मको एक सातामा उक्त वाणिज्य बैंकहरूबाट ४४ खर्ब ४६ अर्ब रुपैयाँबाट घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ ।

यो अवधिमा बैैंकको कर्जा प्रवाह भने बढेको देखिएको छ । तथ्यांक अनुसार साउनको चौथो सातामा बैंकहरूको लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँबाट बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तो लगानी असार मसान्तको तुलनामा भने स्थिर रहेको छ ।

असार मसान्तमा बैंकहरूको कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो । २७ साउनमा पनि यस्तो कर्जा लगानी घटेर गत साता मात्रै ४१ खर्ब ६६ अर्बमा सिमित भएको देखिएपनि पछिल्लो साता भने ९ अर्ब रुपैयाँले बढेको देखिएको छ ।  

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार