29.1 C
Kathmandu

मौद्रिक नीति शुक्रबार आउने, गभर्नरले गरे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले बिहीबार बेलुका प्रधानमन्त्री समक्ष मौद्रिक नीतिको ब्रिफ गरेका कारण अब उक्त नीति आउने भएको छ ।

बिहीबार बिहान मौद्रिक नीतिको बारेमा गभर्नरले बिफ्र गर्ने तयारी भएपनि प्रधानमन्त्रीको समय अभावको कारण बेलुकालाई सारिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार ६ बजेपछि प्रधानमन्त्रीलाई गभर्नरले भेट्ने तालिका तय भएको छ ।

जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अहिले अर्थमन्त्रालयको जिम्मा लिएका छन् ।

राष्ट्र बैंकले शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको छ । सञ्चालक समितिलाई ८ बजे बैठक बस्ने भनेर जानकारी राष्ट्र बैंकले पठाएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार