29.1 C
Kathmandu

३२ सय पुगेको नेप्से २००९ अंकमा क्लोज, करिब १२ सय अंकले घट्यो बजार

काठमाडौं । चालू आर्थिक वर्षमा ३२ सय अंक नजिक पुगेको नेप्से बर्षभरीको उदारचढावका बीच आवको अन्तिम दिन २००९ अंकमा क्लोज भएको छ ।

आर्थिक वर्षका लागि शयर कारोबारको अन्तिम दिन शुक्रबार थियो । शनिबार यो आवको अन्तिम दिन अर्थात असार मसान्त भएपनि सोही दिन शनिबार परेकोले शुक्रबारलाई नै यो वर्षको शेयर कारोबार अन्तिम दिन बन्यो ।

शुक्रबार बजार ७.३ अंकले बढेर परिसूचक २००९.४६ बिन्दुमा रोकिएको छ । योसँगै यो वर्ष शेयर बजार करिब १२ सय अंकले घटेको छ ।

शुक्रबार २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँको शेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ ।

आर्थिक वर्षको अन्तिम दिनको २ घन्टाको कारोबारले लगानीकर्तालाई उत्साहित बनाएको छ । तर, यो वर्षभरीको कारोबार हेर्दा बजारमा निकै गिरावट देखिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार