29.1 C
Kathmandu

प्रधानमन्त्री देउवाले गरे नयाँ खिम्ती सबस्टेसन उद्घाटन

काठमाडौँ / राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको साँखेमा निर्मित नयाँ खिम्ती २२०र१३२ केभी सबस्टेसनको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । यो परियोजना माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा निर्माण गरिएको हो ।

तामाकोसी, लिखु र गर्ज्याङ करिडोरमा रहेका जलविद्युत् आयोजना यो सबस्टेसन र प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछन् । ती करिडोरमा बन्ने आयोजनाको बिजुली प्रसारण र वितरणका लागि यो सबस्टेसन निकै महत्त्वपूर्ण मानिएको छ । माथिल्लो तामाकोसीको ४५६ मेगावाटसहित अरू निजी क्षेत्रबाट सञ्चालित आयोजनाको समेत गरेर करिब १ हजार मेगावाट बिजुली यो सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जानेछ ।

माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेश न्यौपानेका अनुसार तामाकोसी–खिम्ती–ढल्केबर र खिम्ती–बाह्रबिसे प्रसारण लाइन यो सबस्टेसनसँग जोडिएका छन् । तामाकोसी करिडोरको बिजुली तामाकोसी–खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरमा रहेको ४ सय केभी सबस्टेसनमा जोडिएको छ । त्यसले पूर्वी तराईका जिल्लामा बिजुली आपूर्ति गर्न सहज भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार