23.1 C
Kathmandu

तीन अर्बसम्मको ठेक्कामा अब स्वदेशी बोलपत्रदाताबीच मात्र प्रतिस्पर्धा गराइने

काठमाडौं/ तीन अर्ब रुपैयाँसम्मको लागत अनुमान भएको ठेक्कामा अब स्वदेशी बोलपत्रदाताबीच मात्र प्रतिस्पर्धा गराइने मन्त्रिपरिषद्ले निर्णय गरेको छ  । यसअघि एक अर्ब रुपैयाँसम्मको लागत अनुमान भएको ठेक्कामा मात्र स्वदेशी बोलपत्रदाताबीच प्रतिस्पर्धा गराउने व्यवस्था थियो ।

बिहीबार सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधन राजपत्रमा प्रकाशित भएपछि यस्तो व्यवस्था लागू भएको हो । तर, राजपत्रमा छापिनुअघि नै बोलपत्र आह्वान भएका वा खरिद सम्झौता भएका वा कार्य स्वीकार प्रतिवेदन पेस भई स्वीकृत भएकाको हकमा भने यो नियम लागू नहुने जनाइएको छ ।

यो व्यवस्था अनुसार बोलपत्र प्रक्रियामा भाग लिने निर्माण व्यवसायीले पाँचवटाभन्दा बढी बोलपत्र प्रक्रियामा भाग लिन नपाइने भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार