29.1 C
Kathmandu

काठमाडौँ उपत्यकामा घट्यो घरजग्गा कारोबार

काठमाडौँ / बैंकहरूमा तरलता अभावका बाबजुद चालु आर्थिक वर्षको फागुनमा देशभर घरजग्गा कारोबार बढे पनि उपत्यकामा भने घरजग्गाको कारोबार घटेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन ८ हजार ८४९ पटक घरजग्गाको कारोबार भएको छ । घरजग्गाको कारोबार घट्दै गएपछि राजश्व पनि घटेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म उपत्यकाबाट सरकारले २३ अर्ब ४३ करोड ५७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । विभागका अनुसार साउनमा ३ अर्ब २८ करोड ८१ लाख, भदौमा ३ अर्ब ६२ करोड ८८ लाख, असोजमा ३ अर्ब १७ करोड ५० लाख, कात्तिकमा २ अर्ब ३५ करोड ५२ लाख, मंसिरमा ३ अर्ब ७ करोड ९४ लाख, पुसमा २ अर्ब ९८ करोड ४४ लाख, माघमा २ अर्ब ३६ करोड २९ लाख र फागुनमा २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ उठाएको हो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार