29.1 C
Kathmandu

कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थितिको अन्त्य होसः राजेन्द्र लिङ्देन

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कर तिर्न घुस खुवाउनुपर्ने स्थिति रहेको बताउँदै यसको अन्त्य गर्न सरकारसँग माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तका विषयमा बोल्दै लिङ्देनले अहिले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थितिमा रहेको बताएका हुन् ।

अध्यक्ष लिङ्देनले उद्यम व्यवसाय गर्न लगानीको वातावरण नभएको भन्दै बजेटमार्फत् स्वदेशी लगानीलाई प्राथमिकता दिने नीति अवलम्बन गर्न माग गरे । उनले भने अहिले निजी क्षेत्र निराश छ । लगानीको वातावरण छैन । लगानी गर्ने पुँजीको अभाव छ । उद्यमीहरू आत्महत्या गर्ने बाटोमा गइरहेका छन् । यो विषयमा सरकार गम्भीर हुनुपर्‍यो ।

दुधकोशी, तमोर र बुढीगण्डकीजस्ता ठूला आयोजनाहरू नै स्वदेशी लगानीमा बनाउन सकिने भन्दै अध्यक्ष लिङ्देनले सरकारले स्वदेशी लगानीलाई प्राथमिकता दिने हो भने त्यसकालागि विद्यमान नीतिहरुमा समय सापेक्ष परिवर्तन गर्नुपर्ने बताएका छन् ।

कुनै पनि आयोजना समयमै सम्पन्न नभएको भन्दै उनले हरेक आयोजनामा लागत बढाएको भन्दै आपत्ति जनाए । यहाँ कमिसनको गोलचक्कर चलेको छ । जो मन्त्री हुन्छ, उसले एउटा एउटा गौरवका आयोजना छान्दै जान्छ । तर बजेट छैन, उनले भने ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार