29.1 C
Kathmandu

भ्रष्टाचारका विरुद्ध राज्यले फायर खोल्नुपर्छः शर्मा

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारका विरूद्ध राज्यले फायर खोल्नुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सांसद शर्माले भ्रष्टाचारीविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताएका हुन।

सांसद शर्माले भ्रष्टाचारको छानबिनमा राज्य कठोरतापूर्वक उत्रनुपर्ने बताउँदै अहिले खोलिएको भुटानी शरणार्थी सम्बन्धि भएको अनियमितताको फाइललाई निष्कर्षमा पुर्‍याउनु पर्ने बताए । उनले भने, भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन राज्यले फायर खोल्नुपर्छ ।

भ्रष्टाचारमा छानबिनका लागि राज्य कठोरतापूर्वक जानका लागि हदम्याद राख्न नहुने बताउँदै सांसद शमाले भने कुनै किन्तु,परन्तु नगरीकन भ्रष्टाचारको छानबिनको सन्दर्भमा राज्यले कठोरतापूर्वक जानका लागि कुनै पनि हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार