23.1 C
Kathmandu

सेयर बजार सुधार्नेदेखि सुपारी आयात गरेर त्यसैलाई निर्यात गर्ने व्यवस्था बजेटले हटाउने अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार सुधार्नेदेखि सुपारी आयात गरेर त्यसैलाई निर्यात गर्ने व्यवस्था हटाउन गरी आगामी आर्थिक वर्षको बजेट आएको बताएका छन्

उलने आगामी वर्षको बजेट सबैको स्वाधिनता कायम हुने गरी आएको बताए । यसका लागि सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सार्वजनिक भएको शमाको भनाइ छ । उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न पनि सबैसँग आग्रह गरेका छन् ।

नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बजेटमा सबै पक्षसँग बहर र छलफल गरेको बताए । उनले विभिन्न विषयगत क्षेत्रका सरोकारवाला, टेलिफोनबाट दूरदराजका नागरिक र रौतहटका अल्पसंख्यक परिवारदेखी कर्णालीको जनजातीसम्मलाई प्रत्यक्ष सोधेर बजेट निर्माण गरेको बताए ।

यस्तो बजेटमा सबैको स्वाधिनता रहेको शर्माले बताए । ‘यो बजेट तपाईहरुको हो, म त केबल प्रतिनिधि मात्र हुँ’ उनले भने । ‘मेरो क्षमताले भ्याएसम्म सबैको विषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको छु । अब यसलाई सबै मिलेर कार्यान्वयन गरौं ।’

आम जनताले स्वामित्व लिन सक्ने गरी बजेट बनाएकाले कार्यान्वयन हुने र बजेटले लिएका उद्देश्य हासिल हुने उनले विश्वास व्यक्त गरे । ‘संसदमा अहिले यसबारेमा विभिन्न प्रश्न उठेका छन्, बहस भइरहेका छन् । यसले बजेट कार्यान्वयनमा सघाउ पुग्ने मेरो अपेक्षा छ’ अर्थमन्त्री शर्माले भने । उनले कृषिलाई उत्पादन, रोजगारी र निर्यातको क्षेत्र भएकाले प्राथमिकता दिएर बजेटमा समावेश गरेको बताए ।

कृषिमा संरचनागत सुधारको पहल लिएको र ढुवानीका लागि कृषि एम्बलेन्स तथा बजारका लागि संकलन केन्द्रको विषय राखिएको कार्यक्रमा जानकारी दिए । किसानलाइ उत्साहित गर्न, परिचय पत्र वितरण गर्न र कृषि पेशाप्रति आकर्षण बढाउन किसान पेन्सनको योजना अघि सारेको र यसलाई कार्यान्वयन गरेरै छाड्ने बताए । शिक्षामा बजेट बढाइएको र १२ कक्षा पास गरेका विद्यार्थी कुनै न कुनै सीपसमेत सिकेर श्रम बजारमा आउने उनको दाबी छ ।

प्राथमिकतमा आयात प्रतिस्थापन
मुलुकमा कृषि वस्तुको ठूलो उत्पादन संभावना भएकाले प्रमुख खाद्य बाली, तरकारी र फलफूलको ३० प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री उनले बताए । ‘हामीसँग जे छ, त्यसकै अधिकतम उत्पादन गर्ने र आत्मनिर्भर भई निर्यात गर्ने लक्ष्य राखिएको छ । त्यसैले यो असंभव भन्ने छैन’ उनले भने ‘हामीले दोब्बर निर्यात गर्ने भनेका छौं । बजेटको सही कार्यान्वयनबाट उत्पादन वृद्धि गर्ने हो भने मैले त संभव देखेको छु ।’

आगामी दिनमा विगतमा जस्तो जुन सुपारी आयात ग¥यो, त्यहीं सुपारी निर्यात गर्ने विषय अब इतिहास हुने गरी बजेट आएको दाबी शर्माको छ । मुलुक भित्रै उत्पादन भएको वस्तु तथा सेवा निर्यातका लागि बजेटले अधिकतम स्थान दिएको बताए ।

पुँजीबजार सुधारको लक्ष्य
अर्थमन्त्री शर्माले पँुजीबजार सुधारका लागि निक्कै महत्वपूर्ण विषय बजेटमा समावेश गरेको बताए । बजेटको बुँदा नम्बर ३३२ पढ्न र पुँजीबजारका विषयमा धारणा बनाउन अर्थमन्त्री शर्माले आग्रह पनि गरेका छन् । बजेट वक्तव्यको बुँदा नम्बर ३३२ ले गरेको व्यवस्था अनुसार ‘एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीले आइपीओ निकाल्नुपर्ने छ ।

प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गर्ने व्यवस्था गरिएको छ ।

यस्तो व्यवस्था पुँजीबजारका लागि महत्वपूर्ण भएको मन्त्री शर्माको भनाइ छ । ‘यस्तो व्यवस्थाले पुँजीबजार र प्रतिस्पर्धा बढ्ने कुरा गरेको छ । गैरआवासिय नेपालीलाई सेयर बजारमा लगानीको बातावरण बनाउने र वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निष्काशनमा १० प्रतिशत सेयर हिस्सा छुट्याइदिने कुराले सकारात्मक सन्देश दिने मेरो विश्वास छ’ उनले भने ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार