23.1 C
Kathmandu

क्यानको अदूरदर्शी निर्णयले दुर्गम क्षेत्रमा उडानै हुन सकेन, इनरुटको मौसम निर्धारण नहुँदा उडानै ठप्प

काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को अदूरदर्शी निर्णयले दुर्गम क्षेत्रमा उडानै हुन सकेको छैन् । इनरुटको मौसम निर्धारणमा अन्योल हुँदा थप उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

काठमाडौंबाट छोटो दूरीको उडान तथा अवतरण हुने क्षेत्र (स्टल सेक्टर)मा उडान हुने जहाजहरु बुधबार विहान कुनै पनि गन्तव्यमा उडेनन्। उडान नहुने गन्तव्यहरुको मौसम राम्रो भएपनि इनरुटको मौसम राम्रो भएको अनुमति कसले दिने भन्ने अन्यौल रहेका कारण उडान हुन नसकेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

विमानस्थलाई इनरुतको मौसमको जानकारी प्राप्त नहुने र पाइलटले विमानस्थको निर्णय पर्खदा उडानै नहुने अवस्था आएको छ । उडान गराउने विषयमा कन्ट्रोल टावर मौसम विभागलाई देखाउछ भने एअरलाईन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ ।

बुधबार भएको पर्वतीय उडानका पाइलट तथा अन्य ननस्टलका पाइलटले इनरुटको मौसम राम्रो रहेको जानकारी दिएपनी उडानको अन्यौलता भने कायमै रहेको छ ।

प्राधिकरणले सम्बन्धित निकाएको समन्वय बिना भएका यस्ता हचुवा निर्णयले यात्रुहरूले सास्ती बेहोर्नु परेको वायुसेवा कम्पनीहरुको आरोप छ।

निर्णय सही भएपनी, कार्यान्वयनका लागि आवस्यक भौतिक पूर्वाधार र समन्वय गरि सुरक्षित उडान गर्ने वातावरण बनाउन वायुसेवा कम्पनीहरुले अनुरोध गरेका छन् ।

पर्यटन मन्त्रालयका एक उच्च अधिकारी पनि प्राधिरकणको अदूरदर्शी र कुनै आधार बिना हचुवामा चर्चाका लागि मात्रै निर्णय भएको बताउँछन् । यस्तो निर्णय गर्दा प्रविधि र प्रणालीमा गर्नुपर्नेमा हचुवामा भएको बुझाई ती अधिकारीको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार