29.1 C
Kathmandu

इन्धनको मूल्य बढेर आयो, उपभोक्तालाई सहुलियत कि थप मूल्य ?

काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल निगम (आइओसी) ले इन्धनको मूल्य बढाएर पठाएको छ । आयल निगमलाई बुधबार प्राप्त नयाँ मूल्य अनुसार आयल निगम मासिक घाटा ६ अर्ब १५ करोड पुग्ने अनुमान गरिएको छ ।

नयाँ मूल्यमा पेट्रोलमा ८ रुपैयाँ २१ पैसा बढेर आएको छ। डिजल लिटरमा ७ रुपैयाँ घटेर आएको छ भने ग्यास एक सिलिण्डरमा २२ रुपैयाँ घटेको छ।

नयाँ मूल्यका आधारमा पनि पाक्षिक रुपमा पेट्रोलमा ६७ करोड, डिजेलमा एक अर्ब ३० करोड र एलपी ग्यासमा एक अर्ब ४३ करोड रुपैयाँ घाटा नै रहेको निगमले जनाएको छ।

निगमका अनुसार नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा र डिजेलमा १९ रुपैयाँ ७३ पैसा घाटा रहेको छ। अहिले पेट्रोल प्रतिलिटर १८० र डिजेल १६३ मा कारोबार भइरहेको छ।

निगमले आइओसीलाई मे महिनाका लागि ४३ अर्ब भुक्तानी गर्नुपर्नेमा २२ अर्ब ४० करोड रुपैयाँमात्र भुक्तानी गर्न सकेको जनाएको छ। १६ अर्ब भुक्तानी अझै बाँकी रहेको निगमको भनाइ छ ।

आर्थिक वर्षको वैशाख मसान्तसम्म निगमलाई ४७ अर्ब नोक्सानी भइरहेको र असारसम्म ६० अर्ब पुग्ने प्रक्षेपण निगमको छ। आपूर्तिलाई सहज गर्न मूल्य समायोजन आवश्यक रहेको निगमले विज्ञप्तिमा जनाएको छ।

निगमको घाटा कम गर्न उपभोक्ताई थप मूल्य बढाउनुपर्ने हुन्छ भने घाटा कम गर्न सरकारले अनुदान दिनुपर्छ । निगमले पाएको नयाँ मूल्य अनुसार तत्काल सरकारले नयाँ निर्णय नगरे उपभोक्तालाई थप मुल्य पर्ने छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार