29.1 C
Kathmandu

२३ जलविद्युतको आईपीओ रोकियो, तत्काल अगाडि बढाउन इप्पानको माग

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले रोकिएको जलविद्युत् कम्पनीहरूको (प्राथमिक शेयर निस्कासन) आईपीओ निस्कासन अगाडि माग गरेका छन् । इप्पानको संयोजकत्वमा आईपीओजारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका २३ जलविद्युत् आयोजनाका प्रतिनिधिहरूले आइतबार नेपाल धितोपत्र बोर्ड (सेबोन) का पदधिकारीहरूसँग भेटेर रोकिएको आईपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेका हुन । आईपीओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका जलविद्युत् कम्पनीहरूको सम्बन्धमा सेबोनले लामो समय भइसक्दा समेत कुनै सुनुवाई नगरेपछि इप्पानले दबाब सुरु गरेको हो ।

जलविद्युत् कम्पनीहरूको आईपीओको सम्बन्धमा सेबोन अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलविद्युत् आयोजनाहरू गम्भीर रूपमा प्रभावित भएका छन् । आइपीओ जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरूको कार्य ठप्प हुन थालेको छ । निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नुपर्ने अवस्था श्रृजना भएको छ । आयोजनाहरूको काम यसरी प्रभावित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरू नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरू थपिदै जाने संकेत देखिन थालेको छ ।

आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० बर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताहरुको अर्बांै रुपैयाँको नोक्सानी हुने दाबी इप्पानको छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरु प्नि गम्भीर रुपले प्रभाबित हुने कुरातर्फ इप्पानले धितोपत्र बोर्डका पदाधिकारीहरुको ध्यानाकर्षण गराउँदा सेबोनले जलविद्युत् आयोजनाको आईपीओ निष्कासन सम्बन्धि फाइलहरू बोर्डबाट स्वीकृतिका लागि अगाडि बढाईसकेको र सोको बारेमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवज्यू तथा अर्थ मन्त्रालयका सचिवज्यूसंग बारम्बार छलफल भइरहेको समेत जानकारी दिएको छ ।

इप्पानले एक हप्ताभित्र जलविद्युत् कम्पनीहरूको आईपीओ निष्कासनको अनुमतिको कार्य अगाडि बढाई निर्माणमा रहेका आयोजनाहरुलाई यथाशीघ्र सम्पन्न हुने वातावरण सिर्जना गरिदिन जोडदार माग गर्नुका साथै, सो कुराको सुनुवाई एक हप्ताभित्र नभएमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने जानकारी गरायो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार