29.1 C
Kathmandu

जहाज चढ्न कोरोना खोप लगाएकाले मात्रै पाउने, कति नागरिकले पाए त अहिलेसम्म खोप ?

काठमाडौं । सरकारले आन्तरिक हवाई उडान प्रयोग गर्ने यात्रुले कोरोना खोप लगाउनुपर्ने र सो को कार्ड साथमै बोकेर हिड्नुपर्ने व्यवस्था गरेको हो । कोरोना महामारीको नयाँ भेरियन्ट देखा पर्न थालेकोले सर्तकतासँगै सरकारले कोरोना खोप लगाएको कार्ड अनिवार्य गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीको बैठकले माघ ७ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।

बैठकले गरेको निर्णयमा भनिएको छ, ‘सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउने र माघ ७ गतेदेखि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने ।’

बैठकले २५ जनाभन्दा बढी मानिसहरु भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना गर्न नपाउने निर्णय गरेको छ । सार्वजनिक स्थानहरु कार्यालय, होट, रेष्टुराँ, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्कआदि प्रवेशमा कोरोना खोप कार्ड अनिवार्य रुपमा बोक्नुपर्नेछ । साथै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने समेत निर्णय गरेको छ ।

सरकारले खोप लगाउने व्यवस्थालाई भने सहजीकरण गरेको छैन् । पहिले खोप लगाउन सहजीकरण हुनुपर्ने र सबै नेपालीले खोप पाउनुपर्ने माग पनि भइरहेको छ । हालसम्म सरकारले कतिलाई खोप लगायो र कति समयसम्मका खोप कार्डलाई मान्यता दिने भन्ने स्पष्ट नीति सार्वजनिक गरेको भने छैन् ।

हालसम्म नेपालले २ करोड ५३ लाख डोज खोप पाएको छ । यसबाट हालसम्म १ करोड सात लाखले मात्रै खोप लगाउन पाएका छन् । खोपको मात्रा पूरा गर्ने नेपालीको संख्या भने जम्मा ३६ प्रतिशत मात्रै रहेको सरकारी तथ्यांमा उल्लेख छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार