23.1 C
Kathmandu

बिमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन

काठमाडौं / निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बिमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् । शुक्रबार सम्पन्न संघको अधिवेशनले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।संघको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री चयन भएका छन् भने महासचिवमा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का चयन भएका छन् । त्यसैगरी संघको कोषाध्यक्षमा आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सदस्यहरुमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित ब्रजाचार्य, राष्ट्रिय बिमा कम्पनीका कामु सीईओ सुभाष कोइराला, अजोड इन्स्योरेन्सका सीईओ कुमारबहादुर खत्री, ओरियन्टल इन्स्योरेन्सका बिनोद बालचन्द्र घाते, जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार